अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा नेपालका केन्द्रीय सदस्य अग्रवाल एमालेमा प्रवेश गर्दै

जसपा नेपालका केन्द्रीय सदस्य अग्रवाल एमालेमा प्रवेश गर्दै



काठमाडौं – जसपा नेपालका केन्द्रीय सदस्य दिपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । नेपाली शेयर बजारका चर्चित व्यक्तित्व चिनिने शेयर कारोबारी दीपेन्द्र अग्रवालले
आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा पुगेर भेट गर्दै एमाले प्रवेश गर्ने बताएका हुन् । जसपा नेपालबाट देशको वर्तमान अवस्थामा कुनै पनि समस्यको समाधान नहुने तर एमालेबाट वर्तमान संकटको समाधान हुने भएकोले आफू लगायत ठूलो समुह एमाले प्रवेशको तयारी गर्न लागेको जानकारी अग्रवालले अध्यक्ष ओलीलाई दिनुभएको छ । अध्यक्ष ओलीले एमाले ठूलो र राष्ट्रवादी पार्टी भएकोले यसपार्टीको नीति,सिद्धान्त र बिचार मान्ने जो कोही पनि प्रवेश गर्न सक्ने बताउनुभएको छ । अग्रवालले आफू केही दिन भित्रै ठूलो समुह सहित एमालेमा प्रवेश गर्ने जानकारी दिएका छन् ।

काठमाडौँको चुन देवी निवासी अग्रवाल लामो समयदेखि शेयर कारोबामा आवद्द छन् ।