काठमाडौँ-नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन आज हुने भएको छ। मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन बिहान ८ देखि ९ बजेसम्मको लागि तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन् ।
कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उमेदवारी दर्ता खुला गरिएको थियो । उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका आजका लागि सारिएको थियो।
मनोनयनपत्र दर्ताका निम्ति यसअघि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो। पछि मनोनयनपत्र बेलुका ५ बजेपछि दर्ता गरिने भनिएको थियो। त्यसपछि साँझ साढे ६ बजेका लागि सारिएको थियो।
कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ। पार्टीभित्रको विवादका कारण विशेष महाधिवेशन लम्बिएको हो।






प्रतिक्रिया