काठमाडौं-संघीय संसदअन्तर्गत राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक आज बस्दैछ। विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।
बिहान ११ः३० बजे बस्नेगरी विधायन व्यवस्थापन समिति बैठक तय भएको छ। बैठक सिंहदरबारस्थित समिति बैठक कक्षमा बस्नेछ। समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूचीमा तय गरिएको छ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१७ औं बैठक दिउँसो १ बजे बस्दैछ। बैठक संघीय संसद सचिवालयको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हलमा बस्दैछ।
बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन (२०८१/०८२) सम्बन्धमा छलफल गरिनुका साथै विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ।






प्रतिक्रिया