काठमाडौं-नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दिनुभएको छ।
काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा थापाले बुधबार बिहान सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो ।
यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ ।
सभापति शेरबहादुर देउवासँग उहाँकै निवास महाराजगन्जमा एक घण्टा वार्ता गरेर फर्केलगत्तै महामन्त्री थापाले सभापति पदका लागि उम्मेदवारी दिनु भएको हाे ।






प्रतिक्रिया