अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेको मुद्दा फिर्ता लिने सरकारको तयारी चिन्ताजनक:  एमाले सचिव बस्नेत

रवि लामिछानेको मुद्दा फिर्ता लिने सरकारको तयारी चिन्ताजनक:  एमाले सचिव बस्नेत


काठमाडौँ-नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा सरकारले गोप्य रूपमा फिर्ता गर्ने गृहकार्य अघि बढाएको दाबी गर्नुभएकको छ। सचिव बस्नेतले यो खबर अत्यन्तै गम्भीर र चिन्ताजनक रहेको बताउनु भएको हो।

सचिव बस्नेतले सामाजिक सञ्जालमा धारणा राख्दै सहकारी ठगीको अभियोग कायमै राखेर सांसद पद जोगिने तर सांसद स्वतः निलम्बन हुने मुद्दा मात्रै हटाउने प्रयास भइरहेको उल्लेख गर्नुभएको छ। उहाँले विदेशी दबाब र प्रभावमा बनेको वर्तमान सरकारको नियतमाथि यसले गम्भीर प्रश्न उठाएको आरोप लगाउनुभयो।

यो प्रक्रिया न्याय नभई अपराध लुकाउने षड्यन्त्र भएको सचिव बस्नेतले भनाइ छ। अपराध स्वीकारेको अवस्था देखिएका रवि लामिछाने र उनको पार्टीका संरक्षक सुशीला कार्कीसमेतको संरक्षणमा सरकार स्वयं ढाल बनेको सचिव बस्नेतले आरोप लगाउनुभएको छ। 

सचिव बस्नेतले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘यो प्रक्रिया न्याय होइन, अपराध लुकाउने षड्यन्त्र हो। अपराध स्वीकारेको अवस्था देखिएका रवि लामिछाने र उनको पार्टीका संरक्षक सुशिला कार्कीसमेतको संरक्षणमा सरकार स्वयं ढाल बनेको स्पष्ट छ।’

सरकारको यस्तो चलखेल लोकतन्त्र, विधिको शासन र न्याय प्रणालीका लागि अत्यन्तै खतरनाक रहे सचिव बस्नेतको ठहर छ। सचिवको बस्नेतले अब जनदबाब र स्वतन्त्र न्यायालयको दृढ तथा निष्पक्ष भूमिका अपरिहार्य भइसकेको बताउनुभयो।