काठमाडौँ-नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरले सहमतिमा ल्याइएको कार्यतालिकामा धोका दिएको बताउनुभएको छ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा ब्रिफिङ गर्दै कार्यवाहक सभापति खड्काले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयाे, ‘महामन्त्रीहरूसँगको सहमतिमा कार्यतालिका ल्याएको हुँ, तर जे जे काम गर्दा भ्याएन भने त्यसलाई सार्ने सहमतिमा धोका भएको छ।’ उहाँले केही कार्यहरू अबैध भएको आरोप पनि लगाउनुभयो।
बैठकमा खड्काले विशेष महाधिवेशन पक्षधरले तीन वटा महत्वपूर्ण अडान छोड्न नसकेको बताउनुभयो। उहाँका अनुसार, ‘महामन्त्रीहरूले प्रधानमन्त्री घोषणा, सभापति देउवाजी राजनीतिबाट सन्यास लिने र हाइकमाण्ड बनाउने विषयमा अडान छाडेनन्। अरु सबै माग पूरा हुने भए पनि यी तीन विषयमा सहमति हुन सकेको छैन।’
उहाँले अबको अवस्था यस्तो रहेमा पार्टी विभाजनको सम्भावना रहेको पनि औंल्याउनुभयाे।






प्रतिक्रिया