अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले काठमाडौंबाट चुनावी अभियान सुरु गर्दै

एमालेले काठमाडौंबाट चुनावी अभियान सुरु गर्दै


काठमाडौं-नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित काठमाडौंबाट चुनावी अभियान सुरु गर्ने भएको छ। एमाले बागमती प्रदेश कमिटीले २०८२ माघ ४ गते काठमाडौंमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको पार्टीका केन्द्रीय  सचिव बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले जानकारी दिनुभयो।

यस्तै एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते काठमाडौंमा हुने पार्टीका सचिव एवं राजधानी विशेष कमिटीका इञ्चार्ज डा. राजन भट्टराईले बताउनुभयो ।

एमालेले २०८२ पुस २६ गते बसेको केन्द्रीय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा अभियान सुरु गर्ने निर्णय गरेको थियो।