काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले अध्यक्ष केपी शर्मा ओलीलाई देशको ‘आइकन’को रुपमा स्थापित गर्नुपर्ने बताउनु भएको छ।
प्रेस चौतारी नेपालले गरेको स्वागत कार्यक्रममा बोल्दै शाहीले कुनै पनि विषयमा भाष्य निर्माण गर्ने काममा मिडियाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।

आगामी निर्वाचनमा देश बनाउने र देश जलाउनेको प्रतिष्पर्धा हुने बताउनुभयो । शाहीले कुनै पनि राजनीतिक दल नयाँ र पुरानो नहुने बताउनुभयो। ‘राजनीतिक इतिहास भएका दलहरु पुराना हुँदैनन्। उनीहरुले नयाँ नेतृत्व विचार दिन सके कि सकेनन् भन्ने कुरा महत्त्वपूर्ण हो,´ शाहीले भन्नुभयो,’ ‘हालै स्थापना भएका दललाई नयाँ भनेर नहुने उनीहरुको विचार र सिद्धान्तले के भन्छ भन्ने महत्त्वपूर्ण कुरा हो।´ नयाँ भनिएकाहरुले कानुन हातमा लिएर दुरुपयोग गरिएको बताउनुभयो।
कांग्रेस फुटको संघारमा रहेको बेला शाहीले यसलाई लोकतन्त्रलाई कमजोर पार्ने बताउनुभयो। यस फुटले राष्ट्रिय सभामा कांग्रेस-एमाले गठबन्धनलाई असर नगर्ने शाहीले बताउनुभयो।






प्रतिक्रिया