अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिजोको तुलनामा बढ्यो काठमाडौंको न्यूनतम तापक्रम

हिजोको तुलनामा बढ्यो काठमाडौंको न्यूनतम तापक्रम


काठमाडौं- आज सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिनको तुलनामा २ डिग्री सेल्सियस बढेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५.४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस देखिएको हो। हिजो पुस ३० गते बुधबार यो समय काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो।
पछि बिहान ८.४५ बजे अझ घटेर बुधबार काठमाडौँको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस कायम भएको थियो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।