काठमाडौँ-अमेरिकाले ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले बुधबार गरेको यो निर्णयमा नेपाल पनि परेको छ।
मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया स्थगित गरेको हो। जसमा अफगानिस्तान, आर्मिनिया, अजरबैजान, बंगलादेश, भुटान, बर्मा (म्यानमार), कम्बोडिया, इरान, इराक, जोर्डन, काजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मंगोलिया, पाकिस्तान, सिरिया, थाइल्यान्ड, उज्बेकिस्तान र यमन छन्।
आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबास गर्ने प्रयोजनका लागि दिइने लामो समयको भिसा हो।
७५ देशहरुको सूचीः
१. अफगानिस्तान, २.अल्बानिया, ३.अल्जेरिया, ४.एन्टिगुवा र बारबुडा, ५.अर्मेनिया, ६.अजरबैजान, ७. बहामास, ८. बंगलादेश, ९. बार्बाडोस, १०. बेलारुस
११. बेलिज, १२. भुटान, १३. बोस्निया, १४. ब्राजिल, १५. बर्मा (म्यानमार), १६. कम्बोडिया, १७. क्यामरुन, १८. केप भर्डे, १९. कोलम्बिया, २०. कंगो
२१. क्युबा, २२. डोमिनिका, २३. इजिप्ट, २४. एरिट्रिया, २५. इथियोपिया, २६. फिजी, २७. गाम्बिया, २८. जर्जिया, २९. घाना, ३०. ग्रेनाडा
३१. ग्वाटेमाला, ३२. गिनी, ३३. हाइटी, ३४. इरान, ३५. इराक, ३६. आइभोरी कोस्ट, ३७. जमैका, ३८. जोर्डन, ३९. काजाकिस्तान, ४०. कोसोभो
४१. कुवेत, ४२. किर्गिस्तान, ४३. लाओस, ४४. लेबनान, ४५. लाइबेरिया, ४६. लिबिया, ४७. म्यासेडोनिया, ४८. मोल्डोभा, ४९. मंगोलिया, ५०. मोन्टेनेग्रो
५१. मोरक्को, ५२. नेपाल, ५३. निकारागुआ, ५४. नाइजेरिया, ५५. पाकिस्तान, ५६. गणतन्त्र कंगो, ५७. रुस, ५८. रुवाण्डा, ५९. सेन्ट किट्स र नेभिस, ६०. सेन्ट लुसिया
६१. सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स, ६२. सेनेगल, ६३. सियरा लियोन, ६४. सोमालिया, ६५. दक्षिण सुडान, ६६. सुडान, ६७. सिरिया, ६८. तान्जानिया, ६९. थाइल्याण्ड, ७०. टोगो
७१. ट्युनिसिया, ७२. युगान्डा, ७३. उरुग्वे, ७४. उज्वेकिस्तान र ७५. यमन






प्रतिक्रिया