अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घट्यो, आज कतिमा हुँदै छ कारोबार ?



काठमाडौँ-नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १५०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको हो। 

यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको थियो । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ५ हजार ६५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ५ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।