अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मगर समुदायले टुँडिखेलमा मनाए माघे संक्रान्ति

मगर समुदायले टुँडिखेलमा मनाए माघे संक्रान्ति


काठमाडौं-मगर समुदायले काठमाडौँको टुँडिखेलमा माघे सकराती पर्व मनाएका छन्। नेपाल मगर संघले टुँडिखेलमा कार्यक्रमको आयोजना गरेर माघे सकराती मनाएको हो। 

यस अवसरमा मगर समुदायका मौलिक सांस्कृतिक झल्कने प्रस्तुति, भेषभूषा र झाँकीसहितको र्‍यालीको आयोजना गरेको छ।मगर समुदायको मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले मौलिक भेषभूषामा झाँकी र्‍याली निकालेका थिए।

जनसङ्ख्याको दृष्टिकोणले नेपालको तेस्रो ठुलो तथा आदिवासी जनजाति समुदायको पहिलो जाति मगर जाति भाषा, भेषभूषा, कला, संस्कृति र चाडपर्वको विविधताले सम्पन्न जाति हो। 

माघे सकराती मगर समुदायको परम्परागत चाड भए पनि माघे सङ्क्रान्तिलाई सम्पूर्ण नेपालीले राष्ट्रव्यापी धुमधामसाथ मनाउने गर्दछन्। 

मगर समुदायले माघे सकरातीको नाममा मनाउने गर्छन्।  यो विशेषतः मगर जातिमा चेलिबेटीको चाड हो। सकरातीमा मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ। मगर जातिका कूलदेवता वराहथान हो। त्यसकारण सकरातीमा वराहथानको पूजाआजा हुन्छ। माघे सकराती परापूर्वकालदेखि नै मनाउँदै आएको चाड हो।

मगर समुदायमा माघे सकराती एक हप्ता मनाइन्छ । विशेष दिन सकरातीको दिन मनाइए पनि यसको एक हप्ता अगाडिदेखि नै टाढाका पवित्र स्थलमा गएर सकरातीको तयारीमा जुटेका हुन्छन्। यो चाड चेलिबेटीको पूजा गरेर दानदक्षिणा दिँदै मनाइन्छ। 

चेलीलाई पुज्न माघे सकरातीको दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दानदक्षिणा गरी उपहार दिने चलन छ। तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार मिलाएर बनाइएको उपहारलाई मगर समुदायमा मिश्रा वा निस्रो (उपहार वा प्रसाद) दिने भनिन्छ।