अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ: अध्यक्ष केपी शर्मा ओली

मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ: अध्यक्ष केपी शर्मा ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताउनुभएकाे छ।

४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी स्थापनादेखि नै सुरु भएको षड्यन्त्र अहिले पनि चलिरहेको बताउनुभयाे।

‘प्रतिक्रियावादीहरूले विगतदेखि नै षड्यन्त्र गरिरहेका छन्,’ अध्यक्ष ओलीले भन्नुभयाे, ‘हामी भन्न चाहन्छौं, हामी प्रतिक्रियावादी शक्तिका दया, माया र कृपाले यहाँ आएका होइनौं। संघर्ष गरेर यहाँ आएका हौं। संघर्ष गरेरै टिकेका हौं।’

अध्यक्ष ओलीले प्रतिक्रियावादीका षड्यन्त्र सफल हुन नदिने जिकिर गर्नुभयाे। नेकपा एमाले पार्टी रहँदासम्म त्यस्तो षड्यन्त्र सफल नहुने उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘हामी देशविरुद्ध र हाम्राविरुद्ध भइरहेका कुनै पनि षड्यन्त्र सफल हुन दिने छैनौं । नेपाल हार्दैन । हार्न दिइने छैन। किनभने, यहाँ नेकपा एमाले छ।’