अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम


काठमाडौं – देशका केही स्थानमा आज आंशिक बदली हुने भएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ ।

कोसी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहने बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।