काठमाडौँ-नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरू आज निर्वाचन आयोग पुगेका छन्। शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहने दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन्।
निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरू डा शशांक कोइराला, मिन विश्वकर्मा,नैनसिंह महर लगायतका नेताहरूको उपस्थिति छ । यसअघि बिहीबार गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो ।
गगन–विश्व समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेसमा आधिकारिकता विवाद छ । गगन पक्षले बिहीबार आधिकारिकता माग्दै आयोगमा निवेदन दिएको छ । यसले आयोग एउटा निर्णयमा पुग्नुपर्ने दबाबमा छ ।
नेपाली कांग्रेसभित्र बढेको विवादसँगै सो पार्टीका नेता-कायकर्ताहरूको बाक्लो उपस्थिति भएसँगै निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुरक्षाकर्मीको सङ्ख्या बढाइएको हो ।







प्रतिक्रिया