अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको आधिकारिकताबारे आयोगले भन्यो– संविधान र ऐन-कानुनको परिधिमा रहेर निर्णय गर्छौं

कांग्रेसको आधिकारिकताबारे आयोगले भन्यो– संविधान र ऐन-कानुनको परिधिमा रहेर निर्णय गर्छौं


नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संविधान र ऐन-कानुनको परिधिमा रहेर निर्णय गर्ने बताउनुभएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरूसँग शुक्रबार बिहान आयोगमा भएको छलफलमा उहाँले उक्त कुरा बताउनुभएको हो।

सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक पार्टी भएको जिकिर गर्दै उनीहरू आयोगका पदाधिकारीसँग छलफल गर्न गएका थिए।

छलफल क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयाे, ‘निर्वाचन आयोगले संविधान, ऐन-कानुनको परिधिमा रहेर विश्लेषण गर्छ। विधि र पद्दतिबाहिर गएर आयोगले निर्णय गर्दैन।’

निर्वाचन आयोगमा कार्यवाहक सभापति खड्का, नेता शेखर कोइराला, उपसभापति धनराज गुरूङ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, नेताहरू मिनेन्द्र रिजाल, रमेश लेखक, नैनसिंह महर, जितजंग बस्नेतलगायत पुगेका थिए।

कार्यवाहक सभापति खड्काले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर त्यसलगत्तै निर्वाचन आयोगमा जानकारी गराइएको पनि बताएका थिए।