काठमाडौँ-नेकपा एमालेका सचिव डा. राजन भट्टराईले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको बताउनुभएको छ।
शुक्रबार निर्वाचन आचारसंहिता सम्बन्धि निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सचिव डा. भट्टराईले यस्तो बताउनु भएको हो।
सचिव डा. भट्टराईले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको छ ? भनी प्रश्न गर्नुभयो। उहाँले निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो ।
सचिव भट्टराईले निर्वाचन आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयनमा नजाँदा विगतको निर्वाचन पनि सहज हुन नसकेकोसमेत स्मरण गराए ।
सचिव डा. भट्टराईले भन्नुभयो, ‘निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको मनिटरिङ सिष्टम के हो ? यो आचार संहितालाई प्रभावकारी रुपमा कार्यान्वयनमा लिएर जानका लागि मोनटरिङ सिष्टम प्रभावकारी नहुँदा यो प्रभावकारी हुन सकेको छैन । निर्वाचन सहज बनेको छैन । र विशेषगरी पैसाको चललेख र अघि भनेजस्तो मनि मसलको प्रयोगलाई नियन्त्रण गर्ने कुरामा निर्वाचन आयोग कति तयार छ ? निर्वाचनका लागि उम्मेदवारी ढुक्कका साथ जनतामा जान पाउने भए र भयरहित वातावरणमा कुनै प्रलोभनमा नपरी निष्पक्ष हुने कुरा अझै सुनिश्चित भइसकेको छैन भन्ने हाम्रो मान्यता रहेको छ। त्यसकारण त्यो विश्वास दिलाउने कुरामा निर्वाचन आयोगको भूमिका के कस्तो रहेको छ ?’
सचिव भट्टराईले निर्वाचनको प्रचार सम्बन्धी आचारसंहितामा उल्लेख गरिएको व्यवस्था व्यावहारिक नरहेकोतर्फ पनि निर्वाचन आयोगलाई सचेत गराउनुभयो।






प्रतिक्रिया