काठमाडौं-काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिनुभएको छ।
शुक्रबार नगर प्रहरी प्रमुख पाण्डेले २०८२ माघ ४ गतेदेखि लागू हुने गरी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष राजीनामा बुझाउनुभएको हो।
नगर प्रहरी प्रमुख पाण्डेले राजीनामा बुझाएको प्रमुख प्रशासकीय अधिृकत गुरागाईंले जानकारी दिनुभयो।
पाण्डे २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ।






प्रतिक्रिया