अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भाेजपुरकाे षडानन्दद्वारा नेपालमै पहिलाे पटक बीउ बैंक सञ्चालन, विभिन्न क्षेत्रका ७ जना सम्मानित

भाेजपुरकाे षडानन्दद्वारा नेपालमै पहिलाे पटक बीउ बैंक सञ्चालन, विभिन्न क्षेत्रका ७ जना सम्मानित


भोजपुर-भाेजपुरकाे षडानन्द नगरपालिकाले नेपालमै पहिलो पटक बीउ बैङ्क सञ्चालनमा ल्याएको छ।

शुन्यबाट शुरू गरेर नगरपालिकाले बीउ बैंक स्थापना गरेकाे हाे। चाैथाे राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम कन्दमुल प्रदर्शनी कार्यक्रमकाे अवसरमा बैंकको नगरप्रमुख सुरेन्द्रकुमार उदास र उपप्रमुख प्रमिला राईले शुभारम्भ गर्नुभएकाे हाे।

एक वर्ष अघि षडानन्द नगरपालिकाले आयोजना गरेकाे कृषि बीउ प्रदर्शनीबाट बीउ बैंक स्थापनाकाे अवधारणा शुरू भएकाे नगरप्रमुख सुन्दासले बताउनुभयाे । उहाँले पराम्परागत कृषि प्रणाली, कृषककाे ज्ञान र स्थानीय श्राेत साधनप्रतिकाे सम्मानकाे प्रतिविम्ब रहेकाे बताउनुभयाे।

नगरपालिकाले बीउ बैंक स्थापनाका लागि कार्यविधि तयार गरि राजपत्रमा प्रकाशित गरेकाे थियाे ।

रैथाने जातकाे बीउ संरक्षण आवश्यक रहेकाे उहाले बताउनुभयाे। रैथाने जात लाेप हुँदै गएकाले बीउ संरक्षणका लागि नगरपालिकाले अग्रसरता लिएको बताउनुभयाे। उहाँले कृषकलाई व्यावसायीकरण गर्न बीउ बैंकले सहयाेग पुग्ने आशा व्यक्त गर्नुभयाे।

नगरले सुन्तला, अलैंची लगायतका बालिकाे उत्पादन बढाउन प्रबर्द्धन गरिरहेकाे बताउनुभयाे। किसानबाट बीउ खरिद गरेर अवस्यक पर्नेलाई वितरण गरिने प्रमुख उदासले बताउनुभयाे।

षडानन्दमा बीउ बैंक स्थापनाकाे परिकल्पनाकार कृषि विज्ञ सामुदायिक बीउ बैंका सल्लाहकार पीताम्बर श्रेष्ठले षडानन्द बीउ बैंकमा अहिले २७ बालिका ११५ जात रैथाने लाेपन्मुख बीउहरू रहेकाे जानकारी दिनुभयाे। उहाँले बीउहरू नगरकाे राताे कितावमा विस्तृत विवरण सहित अभिलेखिकरण राखिने बताउनुभयाे उहाँका अनुशार बीउ बैंकमा स्थानीय कृषकले माग गर्ने र कृषि शाखाले उपलब्ध गराउने छ।

षडानन्द नगरपालिकाले पहिलाे पटक नेपालमै कार्यविधि तयार गरि बीउ बैक स्थापना गरेकाे बताउनुभयाे। षडानन्द पछि अहिले देशका विभिन्न स्थानीय तहहरूले बीउ बैककाे कार्यविधि तयारी शुरू गरेकाे श्रेष्ठले बताउनुभयाे।

बीउ विना जीवन नचल्ने भएकाले संरक्षण आवश्यक रहेकाेमा जाेड दिनुभयाे। उहाँले विश्वकाट ७५ प्रतिशत र नेपालबाट ४५ प्रतिशत रैथाने जात लाेप भईसकेकाे जानकारी दिनुभयाे।
समुदायले पनि बीउ संरक्षणमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयाे ।

षडानन्द बीउ बैकमा रहेका रैथाने जातका बीउहरू राष्ट्रिय जीन बैंकमम पठाइने बताउनुभयाे। उहाँले नगरलाई
कृषि ऐन निर्माण र नियमित रूपमा कृषि संवाद कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभयाे ।

नगर उपप्रमुख प्रमिला राईले लाेप हुन लागेकाे बालीकाे संरक्षणका लागि नगरपालिकाले काम गरिरहेकाे बताउनुभयाे । कृषि र कृषि व्यवसायीलाई प्रवर्द्धनकाे काम गरिरहेकाे उहाँले बताउनुभयो। बीउ बैंकसँगै कृषककाे उत्पादनलाई केन्द्रीत गरेर काेशेली घर सञ्चालनकाे तयारीमा रहेकाे उहाँले जानकारी दिनुभयाे । नगरले कृषिलाई प्राथमिकता दिएर काम गरिरहेकाे उहाँले बताउनुभयो।

नगरका प्रमुख प्रशासकीय अधिकृत मणिराम तामाङले बीउ बैंकले रैथाने जातकाे संरक्षणमा ठुलाे सहयाेग पुग्ने बताउनुभयो । रैथाने बीउ नै नगरकाे सम्पत्तिकाे श्राेत भएकाे बताउनुभयाे। नगरपालिकाले भन्दा पनि कृषि सहकारी मार्फत बीउ संकलन गर्दा प्रभावकारी हुने उहाँले बताउनुभयाे।

षडानन्द नगरपालिका कृषि समितिका सभापति तथा वडा नं ९ का वडाध्यक्ष निमा शेर्पाले कन्दमुल, जडिबुटीमा धनी रहेकाे

कार्यक्रममा नगरस्तरिय राजनीतिक दलका प्रमुख, वडाध्यक्ष, कृषि शाखा प्रमुख शिला पुन मगर, कृषक समूहका प्रतिनिधि लगायतले बीउ बैंककाे सरक्षणमा जाेड दिनुभयाे।

चाैथाे राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा बीउ बैंक स्थापनाकाे अवसरमा नगरपालिकाले एक दिने कन्दमुल प्रदर्शनी गरेकाे छ ।

कार्यक्रममा नगर क्षेत्रका १४ वटै वडाका कृषक समूहले उत्पादन गरेका कन्दमुलहरूकाे प्रदर्शनी गरिएको थियाे । प्रदर्शनीकाे नगरप्रमुख सुरेन्द्रकुमार उदास, उपप्रमुख प्रमिला राई, प्रमुख प्रशासकीय अधिकृत मणिकुमार तामाङ लगायतले निरीक्षण गरेका थिए । कन्दमुलकाे निरीक्षण गर्दै नगर प्रमुख उदासले कन्दमुलकाे ब्यवसायीकरणका लागि नगरपालिकाले सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

प्रदर्शनीमा वडा नं १० काे पुनर्जागरण बहुउद्देश्यीय कृषक समूह प्रथम, शुभ विहानी कृषक समूह दाेश्राे, वडा नं ८ काे सेमेङ फलफूल तथा कृषक समूह तेश्राे र सान्त्वना वडा नं ९ काे पञ्चकन्या कृषक सहकारी संस्था , वडा १३ काे बाेयाली बहुउद्देश्यीय कृषि तथा नर्सरी कृषक समूह र वडा नं १४ काे विहिबारे फलफूल खेती कृषक समूह रहेका छन् ।

सामुदायिक बीउ विज्ञ पिताम्बर श्रेष्ठ, षडानन्द नगरपालिका कृषि शाखाकाे निर्णायक टाेलीले उत्कृष्ट समूहकहरूकाे घाेषणाा गरेकाे थियाे ।

प्रदर्शनीमा प्रथम, दाेश्राे, तेश्राे र सान्त्वना हुनेहरूलाई क्रमश ५हजार, ३ हजार, २ हजार र एक/एक हजार प्रदान गरिएको छ ।
प्रदर्शनीका विजेताहरूलाई नगर उपप्रमुख प्रमिला राई, वडा नं ९ का वडाध्यक्ष तथा कृषि विकास समिति सभापति निङ्मा शेर्पा लगायतले नगद तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

यसैवीच षडानन्द नगरपालिकाले चाैथाे राष्ट्रिय जैविक विविधता दिवसकाे अवसरमा विभिन्न क्षेत्रका ७ जनालाई सम्मानित गरकाे छ ।

सम्मानित हुनेहरूमा सामुदायिक बीउ विज्ञ पिताम्बर श्रेष्ठ, षडानन्द नगरपालिकाका कृषि प्राविधिक अम्बिका राई,
प्रदिप भण्डारी र दिपिका राई , पत्रकारहरू अन्नपूर्ण पाेष्ट काेशी प्रदेश प्रमुख तथा मुलुकी खवरका सम्पादक
किशाेर बुढाथोकी, बीएफएम तथा अरूण खवरका सम्पादक नेत्र पी अधिकारी र पत्रकार माेहन तामाङ रहेका छन् । उनीहरूलाई नगर उपप्रमुख प्रमिला राई लगायतले सम्मानित गर्नु भएकाे थियाे ।