काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे सडकबाट बहुमत पुर्याएको टिप्पणी गर्नुभएको छ।
एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सडकबाट बहुमत पुर्याएको टिप्पणी गर्नुभएको हो।
‘नेपाली कांग्रेसले नियमित महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको छ ? चार/पाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिसकेको थियो। बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि ? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ ? थिति होला नि त ? बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि ! कसैले सडकमा बहुमत पुर्याएँ भनेर भनेका भरमा हुन्छ ?’ अध्यक्ष ओलीले भन्नुभयो।

अध्यक्ष ओलीले प्रजातन्त्रलाई अराजकतातर्फ लैजान खोजिएको बताउनुभयो। उहाँले प्रकारान्तरले समाजलाई अराजकतातर्फ लान खोजिएको आरोप पनि लगाउनुभयो।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शेरबहादुर देउवा पक्षले यसलाई आधिकारिकता दिन नहुने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराइरहेको छ।
देशको लागि लड्नुपर्ने बेलामा अनावश्यक लडाइँ गरेर पार्टी फुटाएको टिप्पणी गरे।






प्रतिक्रिया