अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस विभाजनको स्थितिमा पुग्नु चिन्ता र दुःखद हो: एमाले अध्यक्ष केपी ओली

कांग्रेस विभाजनको स्थितिमा पुग्नु चिन्ता र दुःखद हो: एमाले अध्यक्ष केपी ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश संकटमा परेको बेलामा नेपाली कांग्रेस विभाजनको स्थितिमा पुग्नु चिन्ता र दुःखद भएको बताउनुभएको छ।

नेकपा एमाले राजधानी प्रदेश कमिटीले आयोजना गरेको निर्वाचन तयारी तथा कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले कांग्रेस विभाजनको स्थितिमा पुग्नु दुःखद र चिन्ता भएको भन्दै नेताहरूले नै जानी बुझी किन यसो गरिरहेका छन् भनेर आश्चर्यचकित भएको बताउनुभयो । 

अध्यक्ष ओलीले देशको लागि लड्नुपर्ने बेलामा अनावश्यक लडाइँ गरेर कांग्रेस फुटाएको टिप्पणी गर्नुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली कांग्रेस विभाजनको स्थितिमा पुग्नु दुखद हो लोकतन्त्रको लागि। कांग्रेसका नेताहरू जानिबुझीकन किन यो सब गरिरहेका छन् म आश्चर्यचकित हुन्छु, किन गरिरहेका छन्। यस्तो बेलामा देशको लागि लड्नुपर्छ कांग्रेस अनावश्यक लडाइँ गरेर पार्टी फुटाउने अवस्थामा पुगेको छ। कसले गराउँदै छ यी काम ?’

अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान, सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनतामाथि आक्रमण नरोकिएको बताउनुभयो। 

पछिल्लो समय धम्कीको भरमा निर्देशित भएर चल्नुपर्ने र अपराध कर्म ठिक हो भनेर हिँड्नुपर्ने अवस्था आएको अध्यक्ष ओलीले बताउनुभयो। ‘न्याय निरूपण गर्ने निकायहरू त्रासमा बाचिरहेका छन्। त्रासबाट निर्देशित भएर निर्णय गर्नुपर्ने अवस्था छ। यति छर्लङ्ग हुँदाहुँदै पनि निर्वाचन आयोग बसिरहेको छ।’