काठमाडौं- ‘तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६’ मा पाँच सत्रहरु सञ्चालन हुने भएको छ। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सले आयोजनामा हुन लागेकाे डिस्कोर्शमा पाँच सत्रमा विशेष छलफल हुने भएको हो।
डिस्कोर्श कार्यक्रममा उद्घाटन सत्रसहित अन्य पाँच सत्रहरु हुनेछ। पाँच सत्रमा बीमा सम्बन्धि गहन छलफल हुने आयोजकले जनाएको छ। पहिलो सत्रमा बैंकासुरेन्स: नीति, नियामक र बजारको वास्तविकता, दोस्रो सत्रमा स्वास्थ्य सेवाको पहुँच : नेपालमा स्वास्थ्य बीमाको भविष्य, तेस्रो सत्रमा इन्सुरटेक नवप्रवर्तन : नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै र चौथो सत्रमा भविष्यको मार्गचित्र : आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण विषयमा बहस हुनेछ।
राष्ट्रियस्तरको तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ ले बीमा क्षेत्रका समस्याहरुको समाधान पहिचान गर्नुका साथै बीमा क्षेत्रको अबको बाटो पहिल्याउन सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ। बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा २०८२ माघ ७ गते तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ आयोजना हुने भएको हो।






प्रतिक्रिया