अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष केपी ओलीको प्रश्न: एमालेमा जस्तो डेमोक्रेसी अन्यत्र कहीं छ ?

अध्यक्ष केपी ओलीको प्रश्न: एमालेमा जस्तो डेमोक्रेसी अन्यत्र कहीं छ ?


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीमा प्रजातन्त्रको असली अभ्यास हुने गरेको बताउनुभएकाे छ।

एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गर्नुभएकाे हाे।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘हाम्रो जति डेमोक्रेटिक पार्टी अरुको देख्नुभएन ? केन्द्रीय कमिटीको बैठक डेढ महिना चल्दा हामी तीन घण्टामा केन्द्रीय कमिटीको बैठक सकेर हामी काममा लाग्छौं। अरुलाई महाधिवेशन कहिले गर्ने भनेर मिति तोक्न डेढ महिना लाग्छ, तैपनि तोकिँदैन । हामी त समयमा मिति तोक्छौं, ड्याम्म गर्छौं।’

पार्टीको महाधिवेशनमा जसलाई जुन पदमा उठ्न चाहे पनि उम्मेदवार हुन पाएको अध्यक्ष ओलीले बताउनुभयाे। ‘कुनै रोकतोक छैन, जसलाई उठ्न मन लागेको छ उठेको छ। भोट दिए भने जितेको छ, भोट दिएनन भने आइया ! स्वभाविक कुरा हो’ अध्यक्ष ओलीले भन्नुभयाे, ‘हाम्रोमा जस्तो डेमोक्रेसी अन्त कहीँ छ ? डेमोक्रेसीको निर्वाध प्रयोग हाम्रो पार्टीमा छ। यो पार्टीसँग अरु पार्टीको तुलनै हुँदैन ।’