अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शेरबहादुर देउवा पक्षको कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

शेरबहादुर देउवा पक्षको कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं-नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज (शनिबार) बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षलाई आधिकारिकता दिएलगत्तै देउवा पक्षले बैठक बोलाएको हो। बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन सूचनामार्फत आग्रह गरिएको छ।

पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले आधिकारिकताको दाबी गर्दै आयोगमा कागजात बुझाएको थियो ।

देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको जिकिरसहित आयोगमा छुट्टै कागजात पेस गरेको थियो । तर आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा देउवा पक्षबाट गुमेको छ ।