अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक भोलि (आइतबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे।

बैठकमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विषयमा छलफल हुनेछ। साथै, बैठकमा विविध विषयमा पनि छलफल हुने बताइएको छ।

पार्टीले बैठकमा केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ।