अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनको मुखमा नेकपाका झापा संयोजक आचार्यले पार्टी छाडे

निर्वाचनको मुखमा नेकपाका झापा संयोजक आचार्यले पार्टी छाडे


झापा -निर्वाचनको मुखमा नेपाली कम्युनिस्ट पार्टी झापाका संयोजक राजु आचार्यले पार्टी परित्याग गर्नुभएको छ ।
उहाँले समाजिक सञ्जालमा लेख्दै पार्टी छाडेको घोषणा गर्नुभएको हो । उहाँले समाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउँछु,’२७ वर्षको यो पार्टीसँगको यात्रा आजबाट अन्त्य, भएको छ ।

उहाँले अव स्वतन्त्र नागरिकको हैसियतमा अबको जीवन अगाडि बढ्ने बताउनुभएको छ । यस अघि नेपाली कम्युनिष्ट पार्टीका इलाम संयोजक धिरेन्द्र शर्माले पनि पार्टी परित्यागको घोषणा गर्नुभएको थियो ।