अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा हेर्नै पर्ने विकास र ओलीलाई रोज्नै पर्ने कारण

झापामा हेर्नै पर्ने विकास र ओलीलाई रोज्नै पर्ने कारण



दमक – फागुन २१ संघीय निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिदै गर्दा झापा–५ ले धेरैको ध्यान खिचेको छ । ओलीका लागि २०६४ को पहिलो संविधानसभा चुनाव बाहेक २०४८ देखि अविछिन्न विजय हासिल गर्दै आएको क्षेत्र हो । यतिखेर मुख्य गरी दमकको सहरी क्षेत्रका चोकहरुमा चुनावी परिणाम बारे अनेकन अड्कलबाजी चलिरहेको छ ।
मुख्यगरी दमकमा ओलीको नेतृत्व सरकारले गरेका विकासका पूर्वाधार, संरचनाका चर्चाले ध्यान खिचेका छन् । मुख्यगरी दमक नगरपालिका–३ दापगाछीमा निर्मित व्यापारिक केन्द्र ९भ्यूटावर० धेरैको ध्यान खिच्ने संरचना बनेको छ ।
जेनजी उपद्रवमा उक्त भवनलाई जलाउने प्रयास गरियो । तर भवनमा अत्याधुनिक स्वचालित अग्नि नियन्त्रक भएका कारण आगो लगाउन जेनजीले सकेनन् । तर १८ तले भवनको झ्यालका सिसा भने सबै फुटाउने काम भए । जेनजीको तोड्फोडका कारण व्यापारिक भवनबाट सञ्चालित विद्युत प्रणालीसमेत अहिले अबरुद्ध बनेका कारण आसपासका घरहरु अन्धकारमय बनेका छन् ।
भवन साउन महिनादेखि सुचारु भएको थियो । १ सय रुपैयाँमा टिकट लिएर दैनिक डेढ सय बढिले भित्रै पसेर अवलोकन गर्थे । शनिबारका दिन ५ सय हाराहारीमा आन्तरिक पर्यटक आउँथे । ‘आन्तरिक पर्यटककको भिड लाग्थ्यो । भवन वरपर व्यापार, व्यावसाय सञ्चालनमा आएका थिए । अहिले सबै बन्द छन्’, भवनको सुरक्षागार्ड शोभाकन्त चौधरीले भन्नुभयो ।
भवन सञ्चालनमा आउन थालेपछि दमक–३ दापगाछीका विजय धिमालको छेउँमा पर्यटकलाई आवश्यक पर्ने मालसमानसहितको पसल थियो । यतिखेर उनी जेनजीले फुटाएका सिसा गनेर दिन काटिरहेका छन् । धिमालले भवनको छेउँमै बसेर भन्नुभयो– ‘यस्ता ठूला टावर बन्नु भनेको विकासको मूल आधार हो । विदेशमा यस्ता ठूला टावर धेरै छन् । कति नेपालीहरु भिसा लगाएर विदेशमा गएर ठूला टावर अगाडि गएर फोटो खिच्छन् । अहिले हाम्रै अगाडि उभिएको टावरमा आगो लगाउनु दुःखको कुरा हो । यो राष्ट्रको सम्पत्ति हो । हाम्रो पनि सम्पत्ति हो ।’
दापगाछीवासीसँग यो टावरको गहिरो सम्बन्ध छ । टावर बन्ने भएपछि स्थानीयले बाटोका लागि समेत आफ्नो जग्गा दान दिए । आफ्नै घरछेउँमा टावर बन्ने भएपछि खुसीले जग्गा दान गरेका शिवप्रसाद गौतमले भन्नुभयो– ‘यो दापगाछीवासीको मात्रै गौरवको विषय होइन । नेपालमा पहिलो पटक यति ठुलो टावर बनेको यो नेपालकै गौरवको विषय हो । हामीले स्वच्छिक रुपमा जग्गा समेत दान दिएर बनेको हो । तर एकाएक आगो लागउन र तोड्फोड गर्नेहरु विकास विरोधी हुन् ।’
भवन साउनबाट सञ्चालनमा आएपछि १५ जना दापगाछीवासीले रोजगार पाएका थिए । यतिखेर उनीहरु बेरोजगारी छन् । विदेशमा रोजगारका लागि २०६१ मा श्रीमान मलेसियामा बरालिएको कहानी सुनाउँदै सकुन्तला दवाडी भन्नुहुन्छ– ‘मेरो श्रीमान २०६१ सालमा मलेसियामा गएका हुन । अहिलेसम्म आएका छैनन् । अव यस्ता भवन बनेपछि नेपालमै रोजगारी मिल्ने भयो, मेरा श्रीमान बेपत्ता भए जसरी कसैलाई नपरोस् भनेर म खुसी बनेकी थिएँ । तर एकाएक भवन तोड्फोड गरिदिएपछि निराशा बनेकी छु ।’
झापा–५ मा कति विकास भयो भन्ने धेरै मानकहरु छन् । चिल्ला सडक, पुल, विद्यालय, बिजुली, खानेपानी, स्वास्थ्य चौकी, व्यावसायिक भवनहरु अध्यक्ष ओली विजय भएपछिका विकासक्रमका भौतिक संरचनाहरु हुन् । जेनजी उपद्रवपछि चौतर्फी घेराबन्दी, पुराना र नयाँ दल जस्ता भाष्यले दमक एकाएक गर्माएको छ । भर्खरै पार्टीको ११ औं महाधिवेशनबाट नव निर्वाचित अध्यक्ष, पूर्वप्रधानमन्त्री ओली फेरि एक पटक जनताबाट अनुमोदित हुनका लागि आफ्नै क्षेत्रमा आउँदै हुनुहुन्छ । जसका लागि झापा–५ का निरन्तर मतदाता र नयाँ पुस्ताबीचको अन्र्तघुलनसँगै विकासका मानकहरु उहाँका लागि सहज आधारहरु हुन् ।