काठमाडौं- नेकपा एमालेका युवा नेता हिराबहादुर केसी बागलुङ १ बाट उम्मेद्वार हुनु भएको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले केसीलाई उम्मेद्वार बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । पार्टीका जिल्ला अध्यक्ष केसी २०७० को संविधानसभा र २०७९ को प्रदेशतर्फ उम्मेद्वार बन्नुभएको थियो ।
पार्टीको जिल्ला अध्यक्ष भएपछि बागलुङमा पार्टी संगठन बिस्तारका लागि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । त्यस क्रममा तत्कलिन नेकपा एकिकृत समाजवादी पार्टीबाट १५ सय भन्दा बढी कार्यकर्ता एमालेमा केसीकै पहल प्रवेश गरेका थिए । एमाले पंक्तीमा केसीलाई बागलुङको हिरा र एमालेको मोती भनेर चिनिन्छ ।






प्रतिक्रिया