काठमाडौं-नेकपा एमालेले आगामी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयाे । ‘आजको सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ,’ सचिव बस्नेतले बताउनुभयाे।
यसैबिच ओली झापा ५ बाट उम्मेदवार बन्ने भएका छन् ।
सचिव बस्नेतले नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्ने बताउनुभयाे। ‘नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्नेछ । जस्तोसुकै परिस्थिति सामना गर्नुपरे पनि लोकतन्त्र र राष्ट्रियता जोगाउन एमाले प्रतिबद्ध भएर अघि बढ्नेछ,’ उहाँले भन्नुभयाे।






प्रतिक्रिया