अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आज काठमाडौंमा निर्वाचन केन्द्रित विशेष जनप्रदर्शन गर्ने, अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

एमालेले आज काठमाडौंमा निर्वाचन केन्द्रित विशेष जनप्रदर्शन गर्ने, अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने


काठमाडौं-नेकपा (एमाले) बागमती प्रदेश कमिटीले आज (आइतबार) काठमाडौंमा निर्वाचन केन्द्रित विशेष जनप्रदर्शन गर्दैछ।

आइतबार मध्यान्ह १२ बजे प्रदर्शनीमार्गमा हुने जनप्रदर्शनमा २० हजारभन्दा बढी नेता, कार्यकर्ता, शुभेच्छुकहरूको उपस्थिति रहने पार्टीका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिनुभयाे।

कार्यक्रममा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथि रहनेछन्।  

प्रदर्शनीमार्गबाट सुरु हुने जनप्रदर्शन कमलादीस्थित प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुनेछ। सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

अध्यक्ष ओलीले देशको पछिल्लो समसामयिक राजनीतिक अवस्था, निर्वाचन तयारी र पार्टीको आगामी रणनीतिबारे सम्बोधन गर्ने बताइएको छ।

कार्यक्रम आगामी निर्वाचनलाई लक्षित गरी पार्टीको संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र राजनीतिक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको हो।