काठमाडौँ-राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् ।
सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका हुन् ।
श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

नारायणकाजीले २०७० मा मकवानपुरमा चुनाव लड्नुभएको थियाे । श्रेष्ठले २०७४ गोरखामा चुनाव लड्नुभएको थियाे । त्यसपछि श्रेष्ठ २०७६ मा राष्ट्रिय सभा सदस्यको उम्मेदवार भए र जिते । ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि आगामी फागुन २० मा सकिंदै थियो । एक महिनाअगाडि राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ उम्मेदवार हुन लागेका हुन् ।
त्यस्तै ७७ वर्षीय वामदेव गौतमले पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन राष्ट्रियसभा सदस्यको पदबाट राजीनामा दिएका छन् ।
त्यस्तै ७७ वर्षीय वामदेव गौतमले पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन राष्ट्रियसभा सदस्यको पदबाट राजीनामा दिनुभएको छ। गौतम २०४८ मै चुनाव जित्नुभएको थियो । २०५१ मा पनि चुनाव जित्नुभएको थियाे। २०५३ सालमा गृहमन्त्री बन्नुभएको थियाे। २०५६ सालको चुनावमा गौतम पराजित भए । २०६४ मा पनि हारे । गौतम २०७० मा बर्दिया १ का साथै प्युठान १ बाट विजयी भए । २०७४ मा पुनः बर्दिया १ बाट उम्मेदवार भए र हारे। चुनाव हारेपछि राष्ट्रिय सभामा गए। १ असोज २०७७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्नुभएको थियाे गौतमको कार्यकाल आगामी फागुन २० मा सकिंदैछ।
भागवती न्यौपानेको कार्यकल पनि आगामी फागुन २० मा सकिँदैछ । कार्यकाल सकिनु एक महिनाअगाडि राजीनामा दिएरन्यौपाने पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न लाग्नुभएको हाे।







प्रतिक्रिया