अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा होमिएको सन्देश दिन काठमाडौँमा एमालेको प्रदर्शन

निर्वाचनमा होमिएको सन्देश दिन काठमाडौँमा एमालेको प्रदर्शन


काठमाडौं-नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा होमिएको सन्देश दिन काठमाडौँमा प्रदर्शन गरेको छ। एमाले बागमती प्रदेश कमिटीले २०८२ माघ ४ गते आइतबार निर्वाचन केन्द्रित विशेष जनप्रदर्शन गरेको हो। 

एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपबाट सुरु गरेको र्‍याली नेपाल प्रज्ञा प्रतिष्ठानसम्म पुगेर कोणसभामा परिणत हुँदै छ।

सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष ओलीले देशको पछिल्लो समसामयिक राजनीतिक अवस्था, निर्वाचन तयारी र पार्टीको आगामी रणनीतिबारे सम्बोधन गर्ने बताइएको छ।

कार्यक्रम आगामी निर्वाचनलाई लक्षित गरी पार्टीको संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र राजनीतिक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको हो।