अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोलुखुम्बुमा कल्पना राईलाई बनायो एमालेले प्रतिनिधिसभाको उम्मेदवार

सोलुखुम्बुमा कल्पना राईलाई बनायो एमालेले प्रतिनिधिसभाको उम्मेदवार


काठमाडौं-नेकपा (एमाले)ले योग्यता, संघर्ष र समर्पणको कदर गर्दै सोलुखुम्बुबाट प्रत्यक्षतर्फ युवा तथा महिला नेतृत्वलाई अघि सारेको छ। एमाले सोलुखुम्बु जिल्ला कमिटीकी सचिव अधिवक्ता कल्पना राईलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनाइएको हो।

पार्टीले कल्पना राईलाई उम्मेदवार बनाउनु केवल एक व्यक्तिको उम्मेदवारी नभई पुस्तान्तरण, युवामाथिको भरोसा र संघर्षशील महिलाप्रतिको सम्मानको प्रतीक भएको एमाले नेताहरूको भनाइ छ। पार्टीले नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिने साहसिक निर्णय गरेको सन्देश यसबाट प्रवाह भएको बताइएको छ।

इमानदार, जुझारु र संगठनमा खारिएको नेतृत्वका रूपमा चिनिनु भएकी राईले सोलुखुम्बुको आवाज केन्द्रसम्म मजबुत रूपमा पुर्‍याउने विश्वास पार्टीले व्यक्त गरेको छ। विकास, सुशासन, रोजगारी र युवाको भविष्यका सवालमा उहाँको भूमिका निर्णायक हुने अपेक्षा एमालेले गरेको छ।

एमालेले यो निर्वाचनलाई पुस्तान्तरणलाई संस्थागत गर्ने अवसरका रूपमा लिँदै युवा नेतृत्वलाई जिताएर जिल्लाको भविष्य सुरक्षित गर्नुपर्नेमा जोड दिएको छ। साथै स्थिरता र विकासको पक्षमा उभिन सोलुखुम्बुबासीलाई अपिल गरिएको छ।

पार्टीले सम्पूर्ण सोलुखुम्बुबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेकपा (एमाले)का उम्मेदवार कल्पना राईलाई अमूल्य मत दिएर विजयी गराउन आग्रह गरेको छ। सबल नेतृत्व, उज्यालो भविष्य र समृद्ध सोलुखुम्बुको लागि एमाले उपयुक्त विकल्प भएको पार्टीको दाबी छ।