झापा-नेकपा एमालेले झापा-४ बाट एलपी साँवालाई उम्मेदवार बनाउने भएको छ।
माघ ३ गते शनिबार बसेको एमाले सचिवालय बैठकले झापा–४ मा मनोज ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर आज परिवर्तन गरेर मनोज ताम्लीलाई ब्याक गर्दै पार्टीले झापा ४ बाट एलपी साँवा नै उम्मेदवार हुने एमाले श्रोतले जनाएको छ।
साँवाले यस अघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचन जित्नुभएको थियाे। निर्वाचन जितेका साँवाको ठाउँमा मनोजलाई उम्मेदवार बनाएको भन्दै एमाले भित्र असन्तुष्टि भएको थियो ।
साँवा २०७४ र २०७९ मा लगातार दुई पटक सोही क्षेत्रबाट विजय हुनुभएको थियाे।






प्रतिक्रिया