काठमाडौँ- नेकपा एमालेका सचिव तथा बाग्मती इन्चार्ज महेश बस्नेतले २०८२ भदौ २४ गते सिंहदरबारसहित राष्ट्रका धरोहर जलाउनेहरूको हिसाबकिताब र खोजीनिती हुने चेतावनी दिनुभएको छ।
आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश कमिटीले प्रदर्शनपछि आयोजना गरेको सभालाई सम्बोधन गर्दै सचिव बस्नेतले सो चेतावनी दिनुभएको हो।
‘देश जलाउने लुसिफरहरु, दलालहरू हामीले चिनिसक्यौ’, सचिव बस्नेतले भन्नुभयो, ‘अब यसको हिसाबकिताब चुनावमार्फत हुन्छ।’
सचिव बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गुगलमा बालेन शाह र रवि लामिछाने भूगोलमा केपी शर्मा ओली हुने दाबी गर्नुभयो।






प्रतिक्रिया