अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

काठमाडौं महानगरको कार्यवाहक प्रमुखमा सुनिता डंगोल


काठमाडौं-काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाउनुभएको छ। मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उहाँले स्वत: कार्यवाहकको जिम्मेवारी पाउनुभएको हो।

स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार डंगोलले कार्यवाहकको जिम्मेवारी पाउनुभएको हो। मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ।

स्थानीय तह निर्वाचन ऐनले कुनै कारणबाट मेयर लगायतका जनप्रतिनिधिको पद रिक्त भए बाँकी अवधिका लागि उपनिर्वाचन हुने व्यवस्था गरेको छ। तर त्यो बाँकी अवधि एक वर्षभन्दा कम भए उपनिर्वाचन नगर्ने व्यवस्था पनि त्यही कानुनमा उल्लेख छ।

काठमाडौं महानगरका हकमा मेयरको कार्यकाल एक वर्षभन्दा बढी समय बाँकी रहेकाले उपनिर्वाचन गर्न कानुनले रोकेको छैन।

उपनिर्वाचन घोषणा गर्ने बेला जुन सरकार हुन्छ, त्यो सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति तय गर्नुपर्ने कानुनी व्यवस्था छ।