काठमाडौं- नेकपा एमालेले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार क्षितिज थेबेलाई बनाउने निर्णय गरेको छ। आगामी फागुन २१ गते हुन गइरहेको चुनावका लागि ताप्लेजुङबाट एमाले निकट युवा राष्ट्रिय संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।
यसअघि उक्त क्षेत्रबाट एमाले उपमहासचिव योगेश भट्टराईले निर्वाचन जित्दै आएका थिए। तर यस पटक उपमहासचिव एमालेले भट्टराईलाई उम्मेदवार नबनाएर थेबेलाई बनाएको हो।






प्रतिक्रिया