रुपन्देही-नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही-२ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ। माघ ३ गते शनिबार बसेको एमाले सचिवालय बैठकले रुपन्देही-२ खाली राखेर उपाध्यक्ष पौडेललाई पाल्पा-२ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो।
एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज खिमलाल भट्टराईले उपाध्यक्ष पौडेललाई रुपन्देही-२ मै उम्मेदवार बनाउने निर्णय आएकाे जानकारी दिनुभयाे।
‘हिजो बसेकाे एमाले सचिवालय बैठकले पाल्पा-२ मा उम्मेदवार बनाउने कुरा आएको थियो, तर पार्टी केन्द्रले आज रुपन्देही-२ मै उम्मेदवार बनाउने निर्णय पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले निर्देशन गर्नुभएको हो’ उहाँले भन्नुभयाे।
आजै रुपन्देही-२ को क्षेत्रीय कमिटी बैठकको विशेष बैठक बसेर जसरी पनि रुपन्देही-२ बाट पौडेललाई उम्मेदवार बनाउनुपर्ने र जिताउने जिम्मा आफूहरूले लिने निर्णय गरेको थियो ।






प्रतिक्रिया