अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले कहाँ टुंग्यायो उम्मेदवार, कहाँ बाँकी ? (नामावलीसहित)

एमालेले कहाँ टुंग्यायो उम्मेदवार, कहाँ बाँकी ? (नामावलीसहित)


काठमाडौं-नेकपा एमालेले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनकाको लागि देशभरका केही क्षेत्रबाहेक अधिकांश क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।

माघ ३ गते शनिबार बसेको एमाले सचिवालय बैठकले अधिकांश क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको थियाे। तर हिजाे तय गरेको उम्मेदवार सुचीमा केही नाम संशोधन गर्दै अन्तिम सूची तय गरेको हाे।

सचिवालय बैठकले रुपन्देही-२ खाली राखेर उपाध्यक्ष पौडेललाई पाल्पा-२ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो। जस अनुसार उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही-२ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ।

यस्तै दाङ क्षेत्र नम्बर २ बाट पार्टी महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई उम्मेदवार मनोनयन पत्र प्रदान गर्नुभएको महासचिवको सचिवालयले जनाएको छ।

एमालेले झापा-४ बाट एलपी साँवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। हिजाे बसेको एमाले सचिवालय बैठकले झापा–४ मा मनोज ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर आज परिवर्तन गरेर मनोज ताम्लीलाई ब्याक गर्दै पार्टीले झापा ४ बाट एलपी साँवा नै उम्मेदवार बनाउने निर्णय गरेको गरेकाे हाे। साँवाले यस अघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचन जित्नुभएको थियाे।

एमालेले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एमाले निकट राष्ट्रिय युवा सङ्घका अध्यक्षसमेत रहनुभएका थेबेलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको हो। हिजो बसेको सचिवालय बैठकले सो निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो। सोही निर्णयअनुसार अध्यक्ष ओलीले थेबेलाई उम्मेदवार चयन गर्नुभएको हो।

यस्तै, सिन्धुपाल्चोक१ मा जिल्ला अध्यक्ष उम्मेदवार बन्ने भएका छन्। 

एमालेले अझै ८ क्षेत्रको उम्मेदवार टुंगो लगाएको छैन।

प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका अनुसार, यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन हुँदैछ ।

कोशी प्रदेश 

ताप्लेजुङ : क्षितिज थेवे 

पाँचथर : आइन्द्र सुन्दर नेम्वाङ 

इलाम-१ : काजिमान कागते 

इलाम-२ : सुहाङ नेम्वाङ 

झापा-१  रामचन्द्र उप्रेती 

झापा-२  देवराज घिमिरे 

झापा- ३ हरिलाल राजवंशी 

झापा-४ लालप्रसाद साँवालिम्बू 

झापा-५ : केपी शर्मा ओली 

संखुवासभा : डा.अर्जुन कार्की 

धनकुटा : राजेन्द्र राई 

तेह्रथुम : भानुभक्त ढकाल 

भोजपुर :  शेरधन राई 

सुनसरी-१ : टिकाराम लिम्बू 

सुनसरी-२ : रेवतीरमण भण्डारी 

सुनसरी-३ : भगवती चौधरी 

सुनसरी-४ : जगदीशप्रसाद कुशियत 

मोरङ-१ : घनश्याम खतिवडा 

मोरङ-२ : दिलीपकुमार अग्रवाल 

मोरङ-३ :  इरनकुमार राई 

मोरङ-४ : जीवन घिमिरे 

मोरङ-५ : मनोज अग्रवाल 

मोरङ ६ : विनोद ढकाल 

सोलुखुम्बु : कल्पना राई 

खोटाङ : देवविक्रम राई 

ओखलढुंगा : अस्मिता थापा 

उदयपुर-१ : दुर्गाकुमार थापा 

उदयपुर-२ : अम्बरबहादुर रायमाझी 

मधेस प्रदेश 

सप्तरी-१ : सुमनराज प्याकुरेल 

सप्तरी-२ : जियाउलहक अंसारी 

सप्तरी-३ : ताराकान्त चौधरी 

सप्तरी-४ : गंगाप्रसाद चौधरी 

सिराहा-१ : केदारनाथ यादव 

सिराहा-२ : नवीनकुमार यादव 

सिराहा-३ : लिलानाथ श्रेष्ठ 

सिराहा-४ : बिल्टु साह 

धनुषा-१ : रामचन्द्र मण्डल 

धनुषा-२ : उमाशंकर अरगरिया 

धनुषा-३ : जुलीकुमारी महतो 

धनुषा-४: रघुवीर महासेठ 

महोत्तरी-१ : लक्ष्मी महतो कोइरी 

महोत्तरी-२ : रामपरिक्षण यादव 

महोत्तरी-३ : मनोजकुमार सिंह 

महोत्तरी-४ : सरोजकुमार यादव 

सर्लाही – १ : मनोज देवकोटा 

सर्लाही-२ : धर्मेन्द्र राय 

सर्लाही -३ :  हरिप्रसाद उप्रेती 

सर्लाही-४ : रवि सिंहकुशवाह 

रौतहट- १: अजयकुमार गुप्ता 

रौतहट-२ : शैलेन्द्र साह 

रौतहट-३ : कुन्दनप्रसाद कुशवाहा 

रौतहट-४ : रामजी साह 

बारा-१ : अच्युतप्रसाद मैनाली 

बारा-२: बलवीरप्रसादचौधरी 

बारा-३ : ज्वालाकुमारी साह 

बारा ४ : कृष्णकुमार श्रेष्ठ 

पर्सा-१: प्रदीपकुमार यादव 

पर्सा २ : 

पर्सा-३ : प्रमोद जैसवाल 

पर्सा-४ : जालिम मिया 

बागमती प्रदेश 

सिन्धुली-१ : प्रदीपकुमार कटुवाल क्षेत्री (केसी) 

सिन्धुली-२ : मनोज जंगथापा 

रामेछाप : माधवप्रसाद ढुंगेल 

दोलखा : पार्वत गुरुङ 

सिन्धुपाल्चोक-१ : होमनारायण श्रेष्ठ 

सिन्धुपाल्चोक-२ : शेरबहादुर तामाङ 

काभ्रेपलान्चोक-१ : अमित लामा 

काभ्रेपलान्चोक-२ : अशोककुमार ब्याञ्जु श्रेष्ठ 

धादिङ १ : भूमी त्रिपाठी 

धादिङ २  : धनबहादुर घले 

नुवाकोट १ : बद्री मैनाली 

नुवाकोट २: केशवराज पाण्डे 

रसुवा : प्रेमबहादुर तामाङ 

चितवन १ : कमलराज पाठक 

चितवन २ : अस्मिन घिमिरे 

चितवन ३:  शंकरराजथपलिया 

मकवानपुर १ : रामेश्वर राना 

मकवानपुर २ : महेशकुमार बर्तौला 

राजधानी प्रदेश 

काठमाडौं-१ : मोहन रेग्मी 

काठमाडौं-२ : मणिरामफुयाल 

काठमाडौं-३ : रामेश्वर फुयाल 

काठमाडौं-४ 

काठमाडौं-५ 

काठमाडौं-६ : अमनकुमार मास्के 

काठमाडौं-७: 

काठमाडौं-८ : राजेश शाक्य 

काठमाडौं-९ : 

काठमाडौं-१० : विनोद श्रेष्ठ 

ललितपुर-१ : चेतनाथ सञ्जेल 

ललितपुर-२ : प्रेमबहादुर महर्जन 

ललितपुर-३ 

भक्तपुर-१ : सोमप्रसाद मिश्र 

भक्तपुर २ : महेश बस्नेत 

गण्डकी प्रदेश 

नवलपुर-१: भागिरथ सापकोटा 

नवलपुर-२ : तिलबहादुर महत क्षेत्री 

गोर्खा-१ : रामचन्द्र लामिछाने 

गोर्खा-२  : मिलन गुरुङ 

लमजुङ-१ : पृथ्वीसुब्बा गुरुङ 

तनहुँ-१ : भगवती न्यौपाने 

तनहुँ-२ : केदार सिग्देल 

स्याङजा-१ :मीनप्रसाद गुरुङ 

स्याङजा-२ : खिमबहादुर थापा 

म्याग्दी : हरिकृष्ण श्रेष्ठ 

कास्की-१: बैनबहादुर अधिकारी क्षेत्री 

कास्की-२ : कृष्णबहादुर थापा 

कास्की-३ :  दामोदर पौडेल वैरागी 

बाग्लुङ-१ : हिराबहादुर केसी 

बाग्लुङ -२ : मञ्जु शर्मा चालिसे 

मुस्ताङ  : इद्रधारा डादु विष्ट 

मनाङ: पोल्देन छोपाङ गुरुङ 

पर्वत : पदम गिरी 

लुम्बिनी प्रदेश 

नवलपरासी १ : रामप्रसाद पाण्डे 

नवलपरासी २ : भगौतीप्रसाद यादव 

रुपन्देही १ : दधिरामन्यौपाने 

रुपन्देही २ : विष्णुप्रसाद पौडेल 

रुपन्देही ३ : वासुदेव घिमिरे 

रुपन्देही ४ : 

रुपन्देही ५ : खिमलाल भट्टराई 

कपिलवस्तु-१ :  विश्राम चौधरी 

कपिलवस्तु-२ : दीर्घनारायण पाण्डे 

कपिलवस्तु-३ : वीरेन्द्र कनौडिया 

दाङ-१ : 

दाङ-२   : शंकर पोखरेल 

दाङ -३ : घनश्याम पाण्डे 

बाँके-१ : सुर्यप्रसाद ढकाल 

बाँके-२:  मोहम्मद इस्तियाक राई 

बाँके-३ :  दलबहादुर सुनार 

बर्दिया-१ : शालिकराम अधिकारी 

बर्दिया-२ : विमला विक 

रुकुमपूर्व :  लीलामणि गौतम 

रोल्पा  : गोकुलप्रसाद घर्ती मगर 

प्युठान :  सूर्यबहादुर थापा क्षेत्री 

अर्घाखाँची : पिताम्बर भुषाल 

गुल्मी- १ : प्रदीपकुमार ज्ञवाली 

गुल्मी-२ : गोकर्णराज विष्ट 

पाल्पा-१ : नारायण आचार्य 

पाल्पा-२ : रामबहादुर राउत 

कर्णाली प्रदेश 

सल्यान  : गुलावजंग शाह 

रुकुमपश्चिम : नन्दराम देवकोटा 

सुर्खेत : ध्रुवकुमार शाही 

सुर्खेत : कुलमणी देवकोटा 

कालिकोट : नागिन्द्र शाही 

जुम्ला : शान्तिलाल महत 

मुगु : पूर्णबहादुर रोकाय 

हुम्ला : दल फडेरा 

डोल्पा: लंकबहादुर रोकाया 

दैलेख-१ : रवीन्द्रराज शर्मा 

दैलेख-२ : लक्ष्मीप्रसाद पोखरेल 

जाजरकोट : डम्बरबहादुर सिंह 

सुदूरपश्चिम प्रदेश 

कैलाली-१ : द्वारिकाप्रसाद न्यौपाने 

कैलाली- : सूर्यबहादुर थापा 

कैलाली-३ : गौरीशंकर चौधरी (थारु) 

कैलाली-४ : लेखराज भट्ट 

कैलाली-५ : यज्ञराज ढुंगाना 

कञ्चनपुर-१ : तारा लामा तामाङ 

कञ्चनपुर-२ : बच्चनबहादुर सिंह 

कञ्चनपुर-३ : डा.दीपकप्रकाश भट्ट 

अछाम-१ :  झपटबहादुर बोहरा 

अछाम-२ : यज्ञवहादुर बोगटी 

बाजुरा :  लालबहादुर थापा 

डोटी : दीपक धामी 

डडेल्धुरा :  चक्रप्रसाद स्नेही 

बैतडी : दामोदर भण्डारी 

बझाङ : ऐन महर 

दार्चुला : गणेशसिंह ठगुन्ना