अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उम्मेद्वारी दर्ताका लागि अध्यक्ष ओली आज दमक आउँदै,झापाका सबै क्षेत्रको निर्वाचन तयारी बारे जानकारी लिने

उम्मेद्वारी दर्ताका लागि अध्यक्ष ओली आज दमक आउँदै,झापाका सबै क्षेत्रको निर्वाचन तयारी बारे जानकारी लिने


झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा आउँदै हुनुहुन्छ ।
झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि आज विहान १०.२५ को जहाजबाट उहाँ भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ । पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्ष्ँेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनुहुनेछ । यसैगरी ३ नं क्षेत्रका बारेमा पनि उहाँले भद्रपुरमै जानकारी लिने कार्कीले बताउनुभयो ।
क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ । क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिनुहुनेछ । आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने कार्कीले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले जेन जी विध्वंसका बेला जलाइएको आफ्नो दमक स्थित निवासमा पनि जाने तयारी रहेको एमालेले जनाएको छ ।