अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा नेपाल छोडेर वीरगञ्ज महानगरका मेयरसहित दुई जना पूर्वमन्त्रीहरु एमाले प्रवेश

जसपा नेपाल छोडेर वीरगञ्ज महानगरका मेयरसहित दुई जना पूर्वमन्त्रीहरु एमाले प्रवेश


काठमाडौं- वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह,पूर्वमन्त्रीहरु प्रदिप यादव र इस्तिहाक राई सहित ठूलो संख्यामा जसपाका नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
गएराती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा गएर उनीहरु एमाले प्रवेश गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका अनुसार सिंह,यादव नेता इस्तिहाक राई लगायतका नेताहरुलाई अध्यक्ष ओलीले खादा लगाएर एमाले प्रवेश गराउनु भएको हो । यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव थिए ।
यसैग्री वीरगञ्ज महानगरपालिकाका ७ जना वडाअध्यक्षहरु पनि प्रमुख सिंहसँगै एमालेमा प्रवेश गरेका छन् । प्रमुख सिंह् एमालेमा प्रवेश गरेपछि आज ठूलो संख्या जसपाका लगायत अन्य पार्टीमा रहेका वडाअध्यक्षहरु वीरगञ्जमा आयोजना हुने कार्यक्रममा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । यसैगरी अन्य निकायमा निर्वाचित भएका केही पदाधिकारी पनि आज पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जिल्ला सचिव महेश दासले जानकारी दिनुभयो ।
उपेन्द्र यादव नेतृत्वका जसपा नेपालसँग पार्टी एकिकरण भएको दुई हप्तामा नै शिर्ष तहका नेताहरुले सो पार्टी त्यागेर एमाले प्रवेश गरेका छन् । हजाराका अनुसार यादवलाई एमालेले पर्सा १ मा एमालेले उम्मेद्वार बनाउने भएको छ । यस्तै राईले बाँके २ मा एमालेले उम्मेद्वार बनाउने भएको छ ।