अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री बब्लु गुप्ताद्वारा राजीनामा

मन्त्री बब्लु गुप्ताद्वारा राजीनामा


काठमाडौं-युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ। मन्त्री गुप्ताले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुुझाउनुभएको हो।

प्रधानमन्त्रीको सचिवालयले खेलकुद मन्त्री गुप्ताले पदबाट राजीनामा दिएको जनाएको छ।

मन्त्री गुप्ता आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने मनस्थितिमा छन् । त्यसैका लागि मन्त्री गुप्ताले उम्मेदवारी मनोनयको अघिल्लो दिन पदबाट राजीनामा दिनुभएको हो।