अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोगमा कल सेन्टर सञ्चालन

निर्वाचन आयोगमा कल सेन्टर सञ्चालन


काठमाडौं-प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारबाट कल सेन्टर सञ्चालन गरेको छ। 

निर्वाचनका सिलसिलामा मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयाे। ‘आजबाट कल सेन्टर सुरु भएको छ। अहिले हामी कार्यालय समय बिहान ९ देखि साँझ ६ बजेसम्म सेवा दिन्छौँ।समय क्रमशः थपिँदै लगिनेछ,’ भट्टराईले भन्नुभयाे।