काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा पुग्नुभएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनको लागि उम्मेदवारी मनोनयनका लागि अध्यक्ष ओली आज झापा पुग्नुभएको हो। जेनजी आन्दोलनपछि लागू भएको यात्रा प्रतिवन्ध फुकुवा भएसँगै पहिलो पटक आफ्नो गृहजिल्ला झापा जानु भएको हाे।
सोमबार बिहान भद्रपुर विमानस्थलमा ओर्लिएलगत्तै स्थानीय नेता-कार्यकर्ताहरूले अध्यक्ष ओलीलाई भव्य स्वागत गरे।
झापा ५ बाट उम्मेदवारी दिने तयारीमा रहेका अध्यक्ष ओलीले विमानस्थलमा सरकारले अझै चुनावी वातावरण बनाइ नसकेको बताउनुभयाे ।
विमानस्थलबाट सिधै दमकतर्फ प्रस्थान गर्दै ओलीले कार्यकर्ताहरूसँग भेटघाट र चुनावी रणनीतिमा छलफल सुरु गर्नुभएको छ। गत भदौमा भएको युवा नेतृत्वको जेनजी आन्दोलनका क्रममा हिंसा भड्किएपछि जाँचबुझ आयोगले ओलीमाथि काठमाडौँ उपत्यका बाहिर यात्रा गर्न रोक लगाएको थियो।

















प्रतिक्रिया