झापा–नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि शान्ति सुरक्षा अझै कायम हुन नसकेको बताउनुभएको छ।
सोमबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउनुभएको हो।
निर्वाचन आयोगमाथि अहिले प्रश्न उठ्ने अवस्था आइरहेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा आशंका रहेको अध्यक्ष ओलीले बताउनुभयो ।
नेकपा एमाले जस्तोसुकै अवस्थामा पनि निर्वाचनमा भाग लिने अध्यक्ष ओलीले बताउनुभयाे। अध्यक्ष ओलीले भन्नुभयाे, ‘सुरक्षा प्रबन्ध राम्रो हुन अझै सकेको छैन। विभिन्न अपराधका घटना अझै भइरहेका छन्। निर्वाचन आयोगमाथि समेत प्रश्नचिन्ह उठ्ने अवस्था भइरहेको छ। यस्तो अवस्था छ। जस्तोसुकै अवस्थामा पनि हामी चुनावमा भाग लिन्छौँ। त्यसमा कुनै समस्या छैन। तर शान्ति सुरक्षाको स्थिति राम्रो हुनुपर्छ। अझै त्यो स्थिति बनिसकेको छैन। मतदाताहरूमा त्रास, डर धम्की तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण अझै चुनावी वातावरण बनिसकेको छैन।’
जेन-जी आन्दोलनको क्रममा त्यो घरमा आगजनी गरिएपछि अध्यक्ष ओली होटलमा बस्ने बताइएको छ। जिल्लाका नेता-कार्यकर्तासँग अध्यक्ष ओलीले चुनावी तयारीबारे छलफल गर्ने छन्।






प्रतिक्रिया