काठमाडौं-सामाजिक अभियान्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव लड्ने हुनुभएको छ। रास्वपाले तामाङलाई धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको हो।
रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले सोमबार कार्यालयमा बोलाएर तामाङलाई टिकट दिएका हुन्। यसअघि तामाङले काठमाडौँको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको थियाे ।
रास्वपाको समानुपातिक बन्दसूचीप्रति आपत्ति जनाउँदै काठमाडौँबाट उम्मेदवार बन्ने घोषणा गर्नुभएको थियाे। अहिले धादिङ–१ मा रास्वपाकै उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिने भएकी हुन्।






प्रतिक्रिया