काठमाडौं-नेकपा एमालेले आगामी फागुन २१ गते हुने भनिएकाे प्रतिनिधिसभा निर्वाचनकाको लागि देशभरका केही क्षेत्रबाहेक अधिकांश क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। एमाले पार्टी कार्यालय च्यासल ललितपुरमा २०८२ माघ ३ गते शनिबार बसेको सचिवालय बैठकले अधिकांश क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको थियाे। तर केही क्षेत्रमा उम्मेदवारको टुंगो लगाउन बाँकी छ।
यसै सन्दर्भमा, एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेश अन्तर्गत २८ निर्वाचन क्षेत्रका उम्मेदवारलाई टिकट वितरण गरेको छ।
उम्मेदवारी मनोनयनका लागि एमाले अध्यक्ष ओली आज झापा पुग्नुभएको हो। अध्यक्ष ओली जेनजी आन्दोलनपछि लागू भएको यात्रा प्रतिवन्ध फुकुवा भएसँगै पहिलो पटक आफ्नो गृहजिल्ला झापा जानु भएको हाे। अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्दै हुनुहुन्छ।
एमालेले झापा-४ बाट एलपी साँवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले झापा–४ मा मनोज ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर परिवर्तन गरेर मनोज ताम्लीलाई ब्याक गर्दै पार्टीले झापा ४ बाट एलपी साँवा नै उम्मेदवार बनाउने निर्णय गरेको गरेकाे हाे। साँवाले यस अघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचन जित्नुभएको थियाे।
एमालेले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एमाले निकट राष्ट्रिय युवा सङ्घका अध्यक्षसमेत रहनुभएका थेबेलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको हो।
कोशी प्रदेशका जिल्लागत उम्मेदवारहरूको विवरण
झापा
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. हरि राजवंशी
४. एलपी सावा
५. केपी शर्मा ओली
इलाम
१. काजिमान कागते
२. सुहाङ नेम्वाङ
सुनसरी
१. सूर्य पन्दाक
२.रेवतीरमण भण्डारी
३. भगवती चौधरी
४. अबुल हुसेन
मोरङ
१. घनश्याम खतिवडा
२. दिलीप बगेडिया
३. ईरान राई
४. जीवन घिमिरे
५. मनोज अग्रवाल
६. विनोद ढकाल
उदयपुर
१. दुर्गा थापा स्वोती
२. अमर रायमाझी
पाँचथर – ऐन्द्रसुन्दर नेम्वाङ
ताप्लेजुङ- क्षितिज थेबे
धनकुटा- राजेन्द्र राई
तेह्रथुम- भानुभक्त ढकाल
सङ्खुवासभा- डा.अर्जुन कार्की
भोजपुर- शेरधन राई
सोलुखुम्बु- कल्पना राई
ओखलढुङ्गा- अस्मिता थापा
खोटाङ- देवविक्रम राई






प्रतिक्रिया