काठमाडौं-राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। प्रसाईं पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन्।
कांग्रेस विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय उपर भ्रामक सूचना प्रवाह गरेको आरोपमा प्रसाइलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए। प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।
प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।






प्रतिक्रिया