अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो निर्वाचन संविधान, लोकतन्त्र र प्रतिगमनविरुद्धको जनमत संग्रह हो: महासचिव शंकर पोखरेल

यो निर्वाचन संविधान, लोकतन्त्र र प्रतिगमनविरुद्धको जनमत संग्रह हो: महासचिव शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले आजको प्रतिनिधि सभा सदस्यकाे मनोनयन दर्ता प्रक्रियालाई सामान्य निर्वाचन नभई ‘जनमत संग्रह’ का रूपमा व्याख्या गर्नुभएको छ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत जारी गर्नुभएको सन्देशमा यो निर्वाचन हिंसाको विरुद्ध शान्ति, अराजकताको विरुद्ध अनुशासन र विध्वंसको विरुद्ध निर्माणको स्पष्ट छनोट भएको उल्लेख गर्नुभएको छ।

महासचिव पोखरेलले संविधान र लोकतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्ध जनताले मतमार्फत आफ्नो धारणा अभिव्यक्त गर्ने अवसरका रूपमा निर्वाचनलाई चित्रण गर्नुभएको हो। ‘यो निर्वाचन सामान्य निर्वाचन होइन, जनमत संग्रह हो,’ उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ, ‘संविधान र लोकतन्त्रका पक्षमा तथा प्रतिगमनविरुद्धको जनमत संग्रह हो।’

महासचिव पोखरेलले नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षड्यन्त्रहरू परास्त गर्न निर्वाचनलाई साझा संकल्पको अवसरका रूपमा लिन आग्रह गर्नुभएको छ। उहाँले देशको सार्वभौमिकता, स्थिरता र लोकतान्त्रिक यात्राको रक्षा गर्न सचेत र जिम्मेवार भूमिका निर्वाह गर्न आम नागरिकलाई आह्वान गर्नुभएको छ।

एमाले नेतृत्वले निर्वाचनलाई केवल सत्ता परिवर्तनको प्रक्रियाभन्दा पनि राष्ट्रिय दिशा निर्धारण गर्ने निर्णायक मोडका रूपमा व्याख्या गर्दै आएको सन्दर्भमा महासचिव पोखरेलको यो सन्देशलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।