अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा जेनजी आन्दोलनका नाममा ध्वस्त पारिएका संरचनाको निरीक्षण गर्दै एमाले अध्यक्ष केपी ओली

झापामा जेनजी आन्दोलनका नाममा ध्वस्त पारिएका संरचनाको निरीक्षण गर्दै एमाले अध्यक्ष केपी ओली


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा झापा जिल्लामा ध्वस्त पारिएका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरूको आज स्थलगत अवलोकन गर्नुभएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न झापा आउनुभएका अध्यक्ष ओलीले मनोनयन दर्ता गर्नु अघि जलाइएका संरचनाहरूको निरीक्षण गर्ने कार्यक्रम तय गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो।

जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएका सार्वजनिक तथा निजी सम्पत्तिको निरीक्षणका क्रममा अध्यक्ष ओलीले इलाका प्रहरी कार्यालय दमकको समेत अवलोकन गर्नुभएको छ। यसै क्रममा उहाँले आजै दमक टावर, नगरपालिका कार्यालय, पार्टी कार्यालय, अन्य सार्वजनिक संरचनाहरू तथा निजी निवासको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष ओलीले आफ्नो गृह जिल्ला झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउँदै हुनुहुन्छ।